
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले न्युयोर्क जानुअघि विमानस्थलमा हुने परम्परागत भीआईपी बिदाइ कार्यक्रम नगर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका जान लागेका शाहको बिदाइमा गार्ड अफ अनर, रेड कार्पेट र औपचारिक कार्यक्रम हुने छैन।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण देश शोकमा रहेकाले कुनै तामझाम नगर्ने निर्णय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग सीमित टोली मात्र न्युयोर्क जानेछ।
देशको विपद्को अवस्था र जलवायु परिवर्तनका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन शाह न्युयोर्क जान लागेका हुन्। उनले बिहीबार महासभालाई सम्बोधन गर्नेछन् र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नेछन्।
देशको परिस्थितिलाई ध्यान दिँदै शाहले अन्य विदेशी नेतासँग औपचारिक द्विपक्षीय भेट नगर्ने भएका छन्। उनी शनिबार नेपाल फर्किने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे