
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज सुरु हुँदैछ। बैठक ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको छ। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आजदेखि केन्द्रीय सदस्यहरूले पार्टीका विभिन्न विषयमा आफ्नो धारणा राख्नेछन्।
हरेक सदस्यलाई बोल्न बढीमा ३ मिनेटको समय दिइएको छ। उनीहरूले पार्टीको अवस्था, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा विचार राख्नेछन्।
बैठकमा केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभाग गठन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायत विषयमा छलफल हुनेछ। सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र अनुशासनसम्बन्धी विषयमा पनि निर्णय गर्ने तयारी छ।
पदाधिकारीका अनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट भने भोलि गर्ने तयारी छ। सोमबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे