
काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा घाइते भएका २५ वर्षीय चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
अस्पतालका अनुसार आगलागीमा लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई दिउँसो करिब १ बजे अस्पताल लगिएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको आशंका गरिएको छ। घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। समितिले घटनाबारे थप अनुसन्धान गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे