
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आज असोज ५ गतेको शेयर कारोबार स्थगित गरिएको छ।
नेप्सेका ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि समस्या आएको थियो। समस्या समाधान गर्न प्रयास भइरहेको भए पनि अहिलेसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।
डाटा सेन्टरको समस्या कायमै रहेका बेला कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएको थियो। त्यसैले स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार रोक्न नेप्सेसँग अनुरोध गरेको थियो।
सोही अनुरोधका आधारमा नेप्सेले सम्बन्धित नियमअनुसार आजको नियमित शेयर कारोबार स्थगित गरेको हो। नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा अन्य सरोकारवालालाई परेको असुविधाप्रति क्षमा मागेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे