
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जानेछन्। प्रधानमन्त्री शाहसहितको टोली आज अपराह्न ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजमार्फत अमेरिका जाने कार्यक्रम छ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।
प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको छ। यो भ्रमणका क्रममा नेपालका विषय र अन्तर्राष्ट्रिय मुद्दाबारे पनि छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे