
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित रूपमा शेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सेका ७२ वटा कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार पुनः सुरु गर्न लागिएको हो।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा राख्ने डाटा हब प्रालिमा आएको समस्या समाधान भएको जानकारी पाएपछि असोज ६ गतेदेखि कारोबार नियमित गरिने भएको हो।
प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको शेयर कारोबार रोकेको थियो। समस्या समाधान नभई कारोबार गर्दा नेप्सेको मुख्य प्रणालीमा समेत असर पर्न सक्ने जोखिम भएकाले कारोबार रोकिएको थियो।
यस विषयमा नेपाल धितोपत्र बोर्डले पनि जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सुधारका उपायसहित प्रतिवेदन बुझाउन भनिएको छ। बोर्डले पाँच सदस्यीय निरीक्षण टोलीसमेत गठन गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे