
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषसम्बन्धी तेस्रो संशोधन विधेयक अघि बढाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आज चार संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थसमितिले अर्थसम्बन्धी कानुन संशोधन र खारेजी विधेयकमाथि छलफल गर्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको मस्यौदामाथि छलफल गर्नेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपालमा सरकारी, निजी, स्वदेशी र विदेशी लगानीको अवस्था तथा लगानीको वातावरणबारे छलफल हुनेछ। जलवायु परिवर्तनले लगानीमा पारेको असर र लगानी सम्मेलनबारे पनि कुरा हुनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले पुस्तकालय नीतिको मस्यौदाबारे विज्ञसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे