
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुनुभएको छ। यस क्रममा उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नुभएको विशेष रात्रिभोजमा पनि सहभागी हुनुभयो। उक्त कार्यक्रममा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति थियो।
महासभामा सहभागी भइरहेका बेला मन्त्री खनालले विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीहरूसँग भेटवार्ता गरिरहनुभएको छ। भेटमा नेपालमा हालै आएको बाढी र पहिरोबाट भएको क्षति, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या तथा जलवायु न्यायका विषयमा छलफल भइरहेको छ। साथै, प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयमा पनि उहाँले सम्बन्धित अधिकारीहरूसँग कुराकानी गरिरहनुभएको छ। नेपालले भोगिरहेका विपद्का समस्या र आवश्यक सहयोगबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु उहाँको भ्रमणको मुख्य उद्देश्य रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे