
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटवार्तामा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा सरकार सञ्चालनका लागि अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि वाग्लेले बुधबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री शाह महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे