
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणको तयारीका लागि मिश्री आज बिहान काठमाडौं आइपुगेका हुन्। काठमाडौं आएलगत्तै उनले नेपाली उच्च अधिकारीहरूसँग भेटघाट सुरु गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई अझ राम्रो र बलियो बनाउने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटमा दुई देशबीच लामो समयदेखि रहँदै आएको मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहकार्य बढाउने विषयमा कुराकानी भएको थियो।
त्यसैगरी, नेपाल र भारतबीच शिक्षा, व्यापार, विकास तथा अन्य क्षेत्रमा भइरहेको सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
मिश्रीको यो भ्रमण प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणलाई सफल बनाउन केन्द्रित रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे