• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २२, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजको सन्देश : भोटेकोशी बाढीपछि नेपाल एक्लै छैन

१५ घण्टा अघि
२

भोटेकोसी बाढीबाट ४२ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त,पुनर्निर्माणका लागि ९ खर्बसम्म खर्च लाग्ने अनुमान

१५ घण्टा अघि
३

विपद्का बेला रास्वपा सांसदले देखावटी गरेको बाँस्कोटाको आरोप

१६ घण्टा अघि
४

रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त

१६ घण्टा अघि
५

पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग

१६ घण्टा अघि
६

नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स

१७ घण्टा अघि
७

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

१७ घण्टा अघि
८

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने

१७ घण्टा अघि
९

ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित

१७ घण्टा अघि
१०

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

१ दिन अघि
११

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

१ दिन अघि
१२

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (५ महिना अघि)

सुन आयात र बिक्रीमा क्षेत्रगत कोटा : बागमतीका ८ जिल्लाले ५० प्रतिशत, बाँकी ५० प्रतिशत अन्यत्र

  • 3,081 Views
  • काठमाण्डौ। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र–२०८२ अन्तर्गत सुनको आयात तथा बिक्री वितरणसम्बन्धी नयाँ व्यवस्था लागू भएको छ। परिपत्रको परिच्छेद ३ मा बैंकले व्यवसायीलाई सुन बिक्री वितरण गर्दा अपनाउनुपर्ने नियमहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। आयात गरिएको सुन तोकिएको क्षेत्रमै बिक्री हुने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई निर्देशन दिइएको छ। सोही व्यवस्थाअनुसार साविक बागमती अञ्चलका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी आठ जिल्लामा कुल आयातको ५० प्रतिशत सुन बिक्री हुनुपर्नेछ भने बाँकी ५० प्रतिशत अन्य सबै जिल्लामा वितरण हुने व्यवस्था गरिएको छ। तर तोकिएको क्षेत्रमा ७ दिनभित्र माग बिक्री नभएमा सो सुन अन्य क्षेत्र तथा हस्तकला व्यवसायीलाई समेत बिक्री गर्न सकिने छुट दिइएको छ।

    बागमती अञ्चलका आठ जिल्लामा हुने ५० प्रतिशत सुन वितरणलाई १०० प्रतिशत मान्दा नेपाल सुन चाँदी व्यवसायी महासंघले ५० प्रतिशत, नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले ४० प्रतिशत र नेपाल हस्तकला महासंघले १० प्रतिशत सुन पाउने व्यवस्था गरिएको छ। यी कोटा समयसमयमा आवश्यकता अनुसार विभागले संशोधन गर्न सक्ने छ। त्यस्तै बागमती अञ्चल बाहेकका जिल्लामा वितरण हुने ५० प्रतिशत सुनको हकमा नेपाल सुनचाँदी व्यवसायी संघले ६५ प्रतिशत, नेपाल रत्न तथा आभूषण संघले २५ प्रतिशत, नेपाल सुनचाँदी कला व्यवसायी संघले ७.५ प्रतिशत र नेपाल हस्तकला महासंघले २.५ प्रतिशत कोटा पाउने व्यवस्था छ।

    सुन वितरणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्र बैंकले कडा नियमहरू लागू गरेको छ। बैंकहरूले सुन वितरण गर्दा अघिल्लो पटक प्राप्त गरेका व्यापारीले सुन बिक्री वितरण गरेको बिल बीजक सहितको विवरण पेस गरेपछि मात्र थप सुन वितरण गर्नुपर्नेछ। यसैगरी व्यवसायीले सुन खरिदका लागि आवेदन दिंदा सोही दिन अर्को बैंकमा आवेदन नगरेको र यस व्यवस्थाको प्रतिकूल कारोबार नगर्ने प्रतिबद्धता सहितको हस्ताक्षर गर्नुपर्नेछ।

    सुन बिक्री गर्दा बैंकहरूले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई स्थायी लेखा नम्बर प्राप्त गरेका तथा आधिकारिक संघ संगठनमा आबद्ध व्यवसायीलाई मात्र सुन बिक्री गर्नुपर्नेछ। यसका साथै व्यवसायीबाट अघिल्लो आर्थिक वर्षको कर दायित्व फरफारक गरेको वा आय विवरण बुझाएको प्रमाण पनि अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ। प्रति व्यवसायी अधिकतम एक किलोग्रामको सीमाभित्र रही आवेदनको क्रमानुसार मात्र सुन बिक्री गर्नुपर्नेछ।

    व्यवसायीको आबद्ध संघले कोटाको आधारमा क्रमबद्ध रूपले सुन बिक्रीको सिफारिस गर्नुपर्नेछ। सिफारिस प्रक्रिया पारदर्शी हुनुपर्नेछ र कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन पाइने छैन। एक व्यवसायीले एक मात्र संघ महासंघबाट सुनको सिफारिस लिन पाउनेछ। तर यदि १५ दिनसम्म संघबाट सिफारिस हुन नसकी बिक्री हुन नसकेको अवस्थामा वाणिज्य बैंकहरूले आफैंले योग्यता पुगेका सुन व्यवसायीलाई निवेदनको क्रमानुसार सुन बिक्री गर्न सक्ने छन्।

    बैंकले तोकिएको सीमाभित्र रही एकभन्दा बढी व्यवसायीको नाममा संयुक्त रूपमा सुन बिक्री गर्न सकिने व्यवस्था गरिएको छ। व्यवसायीले खरिद गरेको सुन प्यान दर्ता भएका गरगहना, आभूषण, कलात्मक वस्तु बनाउने सुन चाँदी वा हस्तकला व्यवसायीलाई पुनः बिक्री गर्न सकिनेछ। राष्ट्र बैंकले संघ संस्थाले अपनाएको प्रक्रिया तथा पद्धतिको समयसमयमा अनुगमन गर्न र निर्देशन दिन सक्ने व्यवस्था पनि गरेको छ। यसरी मुख्य शहर धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, बीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुरबाट अनिवार्य रूपमा तथा आवश्यकता अनुसार अन्य व्यापारिक केन्द्रबाट समेत सुन बिक्री वितरण हुने व्यवस्था मिलाउनुपर्नेछ। सबैभन्दा महत्त्वपूर्ण व्यवस्थाअनुसार बैंकबाट खरिद गरिसकेपछि व्यवसायीले तोकिएको ०.५० प्रतिशत मार्कअपबाहेक जतिसुकै तह मार्फत बिक्री वितरण भए पनि मूल्य बढ्ने गरी कुनै पनि थप दस्तुर, सेवा शुल्क तथा कमिसन लिन पाइने छैन।

    क्षेत्रगत बिक्री कोटा: आयातित सुनको ५० प्रतिशत साविक बागमती अञ्चलका ८ जिल्लामा र बाँकी ५० प्रतिशत अन्य सबै जिल्लामा बिक्री गर्नुपर्ने व्यवस्था।

    ७ दिने सीमा: तोकिएको क्षेत्रमा ७ दिनभित्र सुन बिक्री नभएमा अन्य क्षेत्र तथा हस्तकला व्यवसायीलाई बिक्री गर्न सकिने।

    बागमती क्षेत्रमा संघगत कोटा: काठमाडौंलगायत ८ जिल्लाको ५० प्रतिशत सुन वितरणमा सुनचाँदी महासंघलाई ५० प्रतिशत, रत्न तथा आभूषण महासंघलाई ४० प्रतिशत र हस्तकला महासंघलाई १० प्रतिशत।

    बागमतीबाहिरका जिल्लामा कोटा: अन्य जिल्लाको ५० प्रतिशत सुनमा सुनचाँदी व्यवसायी संघ ६५ प्रतिशत, रत्न तथा आभूषण संघ २५ प्रतिशत, सुनचाँदी कला व्यवसायी संघ ७.५ प्रतिशत र हस्तकला महासंघ २.५ प्रतिशत।

    सिफारिस प्रक्रियामा पारदर्शिता: व्यवसायीको संघले कोटाको आधारमा क्रमबद्ध र पारदर्शी रूपमा मात्र सिफारिस गर्नुपर्ने, सिफारिस दस्तुर वा शुल्क लिन नपाइने।

    प्रति व्यवसायी अधिकतम एक किलो: कुनै पनि व्यवसायीलाई बढीमा एक किलोग्रामको सीमाभित्र मात्र सुन बिक्री गर्नुपर्ने।

    अनिवार्य कागजात: प्यान दर्ता, संघ आबद्धता, अघिल्लो आर्थिक वर्षको कर दायित्व फरफारकको प्रमाण र अघिल्लो कारोबारको बिल बीजक अनिवार्य।

    १५ दिनपछि वैकल्पिक व्यवस्था: संघबाट १५ दिनसम्म सिफारिस हुन नसकेमा बैंकले आफैंले योग्य व्यवसायीलाई निवेदनको क्रमानुसार सुन बिक्री गर्न सक्ने।

    मूल्य नियन्त्रण: बैंकले तोकेको ०.५० प्रतिशत मार्कअपबाहेक कुनै पनि तहले थप दस्तुर, सेवा शुल्क वा कमिसन लिन नपाइने।

    वितरण केन्द्र: धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, बीरगञ्ज, जनकपुर, विराटनगर, भद्रपुर लगायत व्यापारिक केन्द्रबाट अनिवार्य रूपमा सुन वितरण हुने व्यवस्था।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजको सन्देश : भोटेकोशी बाढीपछि नेपाल एक्लै छैन
    १५ घण्टा अघि

  • २

    भोटेकोसी बाढीबाट ४२ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त,पुनर्निर्माणका लागि ९ खर्बसम्म खर्च लाग्ने अनुमान
    १५ घण्टा अघि

  • ३

    विपद्का बेला रास्वपा सांसदले देखावटी गरेको बाँस्कोटाको आरोप
    १६ घण्टा अघि

  • ४

    रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त
    १६ घण्टा अघि

  • ५

    पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग
    १६ घण्टा अघि

  • ६

    नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स
    १७ घण्टा अघि

  • ७

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
    १७ घण्टा अघि

  • ८

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने
    १७ घण्टा अघि

  • ९

    ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित
    १७ घण्टा अघि

  • १०

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ३

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution