
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार सरकारको मन्त्रिपरिषद्ले असोज १३ गते गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ९३ (२) अनुसार अधिवेशन अन्त्य गर्नुभएको हो।
अधिवेशन २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो। यससँगै संघीय संसद्का दुवै सदनको हाल चलिरहेको बैठक तथा संसदीय कामकारबाहीको यो चरण औपचारिक रूपमा समाप्त हुनेछ। सरकारले आवश्यक ठानेमा आगामी दिनमा फेरि संसद्को नयाँ अधिवेशन बोलाउन सक्नेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे