
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएपछि सम्पर्कविहीन भएका छन्। उनीहरू आइतबार बिहान करिब ११ बजे अनुमति नलिई दुई समूहमा निकुञ्जभित्र प्रवेश गरेका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महिलाहरूको खोजी सुरु गरिएको छ। निकुञ्ज कार्यालयले असार १५ गतेदेखि खराब मौसमका कारण निकुञ्ज प्रवेशमा रोक लगाएको थियो। त्यसका बाबजुद उनीहरू अनुमति बिना जङ्गलमा च्याउ खोज्न गएका थिए।
निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीका अनुसार अनुमति नलिई प्रवेश गरेकाले उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी छैन। हाल नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जका कर्मचारीले हात्तीसहित जङ्गलमा व्यापक खोजी गरिरहेका छन्। परिवारका सदस्य पनि उनीहरूको सकुशल फेला पर्ने आशामा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे