
काठमाडौँ । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका विषयमा लामो समयदेखि आन्दोलन गर्दै आएका डाक्टर गोविन्द केसीले आजदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ आमरण अनसन सुरु गर्दैछन्। उनी दिउँसो ३ बजे कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रहमा बस्नेछन्। डाक्टर केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र आफ्ना मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
सरकारले साउन ५ गतेसम्म समय मागे पनि कुनै ठोस निर्णय नगरेकाले फेरि आन्दोलनमा जानुपरेको उनले बताएका छन्। उनका सहयोगी डाक्टर अमृत जैसीका अनुसार सरकारले कुनै सकारात्मक कदम नचालेपछि सत्याग्रहको विकल्प बाँकी रहेन। डाक्टर केसीले नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनका लागि आफूले निरन्तर संघर्ष गरिरहेको र अहिलेको अवस्थाको जिम्मेवारी सरकारकै हुने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे