
काठमाडौँ । सरकारले प्रयोगमा नरहेका र बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमा जोड्न देशभर ‘भूमि बैंक’ सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था मन्त्रालयले कानुनी व्यवस्था लागू गर्दै स्थानीय तहबाट भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि भूमि उपयोग ऐन र नियमावलीअनुसार ‘भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरिएको छ। अब प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका खाली र प्रयोग नभएका जग्गाको विवरण संकलन गरी तिनलाई कृषि, व्यवसाय वा अन्य उत्पादनमूलक काममा प्रयोग गर्ने व्यवस्था मिलाउनेछन्।
मन्त्रालयले यससम्बन्धी निर्देशन देशभरका स्थानीय तहमा पठाइसकेको छ। जग्गाधनीले आफ्नो बाँझो जग्गालाई उत्पादनसँग जोड्न र भूमि बैंकको सुविधा लिन सम्बन्धित स्थानीय तहसँग सम्पर्क गर्न सक्नेछन्। सरकारले यो कदमबाट खाली जग्गाको सही उपयोग हुने र उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे