
काठमाडौं – नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। पछिल्लो बाघ गणनाअनुसार सन् २०२२ को तुलनामा ७४ वटा बाघ थपिएका हुन्। बाघ दिवसको अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा र पर्सा क्षेत्रमा बाघको गणना गरिएको हो।
यसपटक चितवनमा १४५, बर्दियामा ११२, बाँकेमा ५१, शुक्लाफाँटामा ५० र पर्सामा ७१ वटा बाघ भेटिएका छन्। बाँके, पर्सा, चितवन र शुक्लाफाँटामा बाघको संख्या बढेको छ भने बर्दियामा घटेको छ। बाघ संरक्षणमा भएका प्रयासका कारण संख्या बढे पनि बाघ बढ्ने दर भने अघिल्लो गणनाको तुलनामा कम भएको छ। बाघको संख्या पत्ता लगाउन क्यामरा ट्रयाप प्रविधि प्रयोग गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे