
काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएको छ। उहाँको मंगलबार दिउँसो ललितपुरस्थित हेलियस अस्पतालमा निधन भएको पार्टीका महामन्त्री गुरु घिमिरेले जानकारी दिएका छन्।
श्रेष्ठ लामो समयदेखि क्यान्सरबाट पीडित थिए र पछिल्ला १५ दिनदेखि अस्पतालको आईसीयूमा उपचाररत थिए। उहाँले नेपाली कांग्रेसमा कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै लामो समय पार्टी र देशको राजनीतिमा योगदान पुर्याउनुभएको थियो।
पार्टीका अनुसार बुधबार बिहान उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे