
काठमाडौँ — मोरङ जिल्लामा डिजे बजाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म कुनै पनि कार्यक्रममा डिजे प्रयोग नगर्न निर्देशन दिएको हो।
प्रशासनका अनुसार मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य सार्वजनिक वा निजी समारोहमा डिजे बजाउन पाइने छैन।
सूचनाको बेवास्ता गर्दै कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा कानुनअनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताएका छन्। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र ध्वनि प्रदूषण नियन्त्रण गर्न यस्तो निर्णय गरेको जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे