
काठमाडौँ — नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि कुटपिट र दुर्व्यवहारको विरोध गर्दै उनीहरूले राजीनामा दिएका हुन्। चिकित्सकहरूले घटनामा संलग्न दोषीलाई कारबाही गर्न र अस्पतालमा सुरक्षित काम गर्ने वातावरण बनाउन माग गरेका छन्।
अस्पतालमा करिब ७० जना चिकित्सक कार्यरत छन्। बाँकी चिकित्सकहरूले पनि राजीनामाका लागि हस्ताक्षर संकलन गरिरहेका छन्। यसैबीच, नेपाल चिकित्सक संघले घटनाको विरोध गर्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।
स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य सेवा अत्यावश्यक भएकाले अस्पतालका सेवा नरोक्न आग्रह गरेको छ। मन्त्रालयले घटनामा संलग्नलाई कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको जनाएको छ। साथै, स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार रहेको भन्दै उपचार सेवा नियमित राख्न सबै पक्षलाई अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे