
काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा रहेका विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। लामो समयदेखि स्थगित रहेको प्रतिनिधि सभाको बैठक साउन १४ गते बिहीबार बस्ने तयारी भएपछि सभामुखले दलका प्रतिनिधिसँग छलफल गरेका हुन्।
असार ३१ गतेपछि प्रतिनिधि सभाको बैठक बसेको छैन। आगामी बैठकलाई सहज र प्रभावकारी बनाउन सभामुख अर्यालले दलका नेताहरूसँग छलफल गरेका छन्।
सभामुखको निजी सचिवालयका अनुसार छलफल अहिले पनि जारी रहेको छ। बैठकमा संसद्को कामकारबाही, आगामी कार्यसूची र दलहरूबीचको सहमतिका विषयमा छलफल भइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे