
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार डा. भट्टराईलाई अचानक चक्कर लाग्ने र वान्ता हुने समस्या भएपछि अस्पताल लगिएको हो। चिकित्सकहरूले उनलाई बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (BPPV) अर्थात् टाउकोको अवस्था बदल्दा चक्कर लाग्ने सामान्य प्रकारको समस्या भएको हुन सक्ने बताएका छन्।
उनका अन्य सबै स्वास्थ्य परीक्षणका रिपोर्टहरू भने सामान्य आएका छन्। हाल डा. भट्टराईको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे