
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत क्षेत्रमा देखिएको तनाव कम गर्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ। बैठकपछि नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सामाजिक सद्भाव कायम राख्न सबै दल एकजुट भएको बताए। बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति नेताहरूले चासो व्यक्त गर्दै सरकारले जिम्मेवारीका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरी सबै दललाई विश्वासमा लिएर समस्या समाधानको पहल गर्नुपर्ने सुझाव पनि दिइएको छ। एमालेका महासचिव शंकर पोखरेलले बैठकमा तनाव कम गर्ने उपाय र शान्ति सुरक्षा प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे