
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। लामिछाने राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन्।
भेटका क्रममा देशको पछिल्लो राजनीतिक अवस्था, भइरहेका राजनीतिक घटनाक्रम र सुनसरी घटनाबारे छलफल भएको थियो। राष्ट्रपति पौडेलले सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकबारे पनि सभापति लामिछानेले जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा मुलुकको समसामयिक अवस्था र आवश्यक राजनीतिक विषयहरूमा विचार आदानप्रदान भएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे