
काठमाडौं: कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा भएको घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। प्रदेश सरकारका अनुसार बैठक बुधबार दिउँसो आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ।
बैठकमा सुरक्षा निकाय, सुनसरीका प्रदेश सांसद र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा जिल्लाको शान्ति सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय र जनजीवनलाई सामान्य बनाउने विषयमा छलफल गरिनेछ।
मुख्यमन्त्री कार्कीले भिडियो सन्देशमार्फत पनि नागरिकलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेका छन्। प्रदेश सरकारले राजनीतिक दलहरूसँग सहकार्य गर्दै अवस्था सहज बनाउने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे