
काठमाडौं : नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा तोडफोडमा संलग्नलाई कारबाही गर्न सरकार गम्भीर नभएको भन्दै संघले आन्दोलन जारी राखेको हो।
आन्दोलनका कारण ओपीडी, नियमित जाँच, शल्यक्रिया लगायतका सेवाहरू प्रभावित भएका छन्। आकस्मिक सेवा भने सञ्चालनमा छ। काठमाडौंका वीर अस्पताल र शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ। सेवा बन्द हुँदा धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्। चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे