• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो

१ घण्टा अघि
२

सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय

४ घण्टा अघि
३

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी

५ घण्टा अघि
४

नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने

५ घण्टा अघि
५

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

६ घण्टा अघि
६

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत

६ घण्टा अघि
७

राष्ट्र बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह: नियामक मात्र होइन, आर्थिक विकासको सहयात्री बन्नुस्

६ घण्टा अघि
८

स्पेस–एक्सको रकेटको भाग आज चन्द्रमासँग ठोक्किँदै

७ घण्टा अघि
९

एभरेस्ट बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढ्यो

७ घण्टा अघि
१०

ग्यास नपाए हटलाइनमा सम्पर्क गर्न आयल निगमको आग्रह

७ घण्टा अघि
११

नेपालगञ्जको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

७ घण्टा अघि
१२

सरकार र अनशनरत नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलबार (१ दिन अघि)

लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालन, नेपालको असहमति कायमै

  • 793 Views
  • काठमाडौं । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको भारत र चीनबीचको परम्परागत सीमा व्यापार लिपुलेक हुँदै पुनः सञ्चालनमा आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको लिपुलेक तथा हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट भारत–चीनबीचको सीमा व्यापार पुनः सुरु भएको हो।

    लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। त्यस्तै, हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पनि पहिलो समूहका भारतीय व्यापारी तिब्बततर्फ प्रस्थान गरेका छन्।

    भारत र चीनबीच यसअघि जुन १ देखि सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति भए पनि आवश्यक पूर्वाधार तथा प्रशासनिक तयारी पूरा नभएका कारण त्यसको कार्यान्वयन हुन सकेको थिएन। पछिल्लो समय आवश्यक तयारी अघि बढाइएपछि दुवै नाकाबाट व्यापारिक गतिविधि पुनः सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    लिपुलेक क्षेत्रलाई आफ्नो सार्वभौम भूभागका रूपमा दाबी गर्दै आएको नेपालले भारत र चीनबीच नेपालको सहभागिताबिना उक्त क्षेत्र हुँदै व्यापार सञ्चालन गर्ने निर्णयप्रति यसअघि नै असहमति जनाउँदै आएको छ।

    नेपालको परराष्ट्र मन्त्रालयले सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा नेपाललाई समावेश नगरी कुनै निर्णय वा गतिविधि गर्नु स्वीकार्य नहुने स्पष्ट पार्दै आएको छ। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो अभिन्न भूभागका रूपमा दाबी गर्दै आएको छ।

    भारतले भने लिपुलेकलाई उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ। चीनले पनि भारतसँग लिपुलेक हुँदै हुने व्यापारलाई पुनः सञ्चालन गरेको हो।

    सीमा व्यापार पुनः सञ्चालन भइसके पनि यस विषयमा नेपाल सरकारको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। यद्यपि, परराष्ट्र मन्त्रालयका एक अधिकारीले यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको र सम्बन्धित पक्षसँग आवश्यक माध्यमबाट कुरा राख्ने बताएका छन्।

    भारत र चीनले सन् २०१५ मा लिपुलेक हुँदै व्यापार तथा आवागमन विस्तार गर्ने सहमति गरेपछि नेपालले त्यसप्रति औपचारिक विरोध जनाएको थियो। त्यसपछि सन् २०२० मा भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो।

    सोही वर्ष नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

    लिपुलेक हुँदै भारत–चीनबीचको सीमा व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको बताइन्छ। कोभिड–१९ महामारीका कारण सन् २०२० मा बन्द भएको व्यापार अहिले पुनः सञ्चालनमा आएको हो।

    उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। उनीहरू व्यापारिक सामानबिना तिब्बत प्रवेश गरेको जनाइएको छ।

    चिनियाँ पक्षले तक्लाकोट व्यापार केन्द्रमा रहेको सीमित पूर्वाधारलाई ध्यानमा राख्दै पहिलो चरणमा २० जनालाई मात्र प्रवेश अनुमति दिएको थियो। साथै, व्यापारीहरूको विस्तृत व्यक्तिगत विवरण अग्रिम रूपमा उपलब्ध गराउन र सन् २०१९ को अन्तिम व्यापारिक मौसममा सहभागी भएकालाई प्राथमिकता दिन आग्रह गरिएको थियो।

    सोहीअनुसार व्यापारीहरूको संगठनले सन् २०१९ मा व्यापार गरेका तथा सन् २०२० मा व्यापार बन्द हुँदा तक्लाकोटमा सामान अड्किएका व्यापारीलाई पहिलो प्राथमिकतामा राखेको जनाइएको छ।

    धार्चुलाका उपजिल्ला अधिकारी तथा जिल्ला व्यापार अधिकारी आशिष जोशीका अनुसार यस व्यापारिक मौसमका लागि हालसम्म ६२ व्यापारी र ९३ सहयोगीसहित १५५ वटा व्यापार अनुमति जारी गरिएको छ। थप व्यापारीको समूहलाई प्रवेश अनुमति दिन भारतीय प्रशासनले चिनियाँ पक्षसँग अनुरोध गरिसकेको बताइएको छ।

    यसैबीच, हिमाचल प्रदेशको शिप्की–ला दर्रा हुँदै भारत–चीन सीमा व्यापार पनि पुनः सञ्चालन भएको छ। प्रदेशका राजस्वमन्त्री जगत सिंह नेगीले पहिलो चरणमा तिब्बततर्फ जाने १६ जना भारतीय व्यापारीलाई बिदाइ गरेका छन्।

    व्यापारीहरू घोडामार्फत समुद्री सतहबाट ३ हजार ९३० मिटर उचाइमा रहेको शिप्की–ला दर्रा पार गर्दै तिब्बतको शिप्की गाउँतर्फ गएका छन्।

    शिप्की–ला नाकाबाट हुने व्यापार नोभेम्बर ३० सम्म सञ्चालन हुने र परम्परागत वस्तु विनिमय प्रणालीमा आधारित हुने जनाइएको छ। भारतीय व्यापारीले चिनियाँ सीमाभित्र ७२ घण्टासम्म बस्न पाउने व्यवस्था गरिएको छ।

    भारतीय गृह मन्त्रालयले पृष्ठभूमि जाँचपछि ५३ जना व्यापारीलाई व्यापारका लागि अनुमति दिएको जनाइएको छ। भारतीय व्यापारीले ३६ प्रकारका वस्तु चीनतर्फ लैजान पाउनेछन्। तीमध्ये सुक्खा फलफूल, मसला, हस्तकला सामग्री तथा जडीबुटी प्रमुख छन्।

    त्यस्तै, चिनियाँ व्यापारीले पस्मिना, ऊन, याकको रौँ, भेडा तथा बाख्राको छाला र चाइना क्लेलगायत २० प्रकारका वस्तु भारत ल्याउन पाउने व्यवस्था गरिएको छ। अधिकारीहरूका अनुसार भारतीय पक्षबाट व्यापार गर्न अनुमति दिइएका वस्तुको कुल सूची ७२ प्रकारको र चिनियाँ पक्षबाट ल्याउन पाउने वस्तुको सूची ३० प्रकारको रहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो
    १ घण्टा अघि

  • २

    सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय
    ४ घण्टा अघि

  • ३

    कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी
    ५ घण्टा अघि

  • ४

    नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने
    ५ घण्टा अघि

  • ५

    नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
    ६ घण्टा अघि

  • ६

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत
    ६ घण्टा अघि

  • ७

    राष्ट्र बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह: नियामक मात्र होइन, आर्थिक विकासको सहयात्री बन्नुस्
    ६ घण्टा अघि

  • ८

    स्पेस–एक्सको रकेटको भाग आज चन्द्रमासँग ठोक्किँदै
    ७ घण्टा अघि

  • ९

    एभरेस्ट बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढ्यो
    ७ घण्टा अघि

  • १०

    ग्यास नपाए हटलाइनमा सम्पर्क गर्न आयल निगमको आग्रह
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नागरिक लगानी कोषको बैंक मौज्दातमा २१ करोड ६८ लाखको फरक, हिसाब मिलान गर्नुपर्ने

    नेपाल नक्सा
    २

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ३

    राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

    नेपाल नक्सा
    ४

    एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा

    नेपाल नक्सा
    ५

    कांग्रेसभित्र एकता र सहकार्यका लागि युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने’ अभियान चलाउने

    नेपाल नक्सा
    ६

    ट्रन्क्यूलिटी स्पाले प्राप्त गर्‍यो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र, नेपालको पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड भएको दाबी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution