
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्।
सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका उपाय कार्यान्वयनमा वित्तीय क्षेत्रको भूमिका तथा वित्तीय बजारको पछिल्लो अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाएका हुन्।
अर्थ मन्त्रालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकरण गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन्।
छलफलमा बजेटमा समेटिएका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय बजारको अवस्था तथा सुधारका लागि आवश्यक पहललगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सरकारले अघि सारेका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न वित्तीय क्षेत्रसँग समन्वय र सहकार्य बढाउने उद्देश्यले अर्थमन्त्रीले बैंकका प्रमुख कार्यकारी अधिकृतसँग प्रत्यक्ष छलफल गर्न लागेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे