• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

३१ मिनेट अघि
२

निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान

२ घण्टा अघि
३

निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला

३ घण्टा अघि
४

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

३ घण्टा अघि
५

परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै

४ घण्टा अघि
६

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप

४ घण्टा अघि
७

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

४ घण्टा अघि
८

मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

४ घण्टा अघि
९

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

५ घण्टा अघि
१०

भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह

५ घण्टा अघि
११

इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र

५ घण्टा अघि
१२

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (५ घण्टा अघि)

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

Nepali Congress

  • 624 Views
  • काठमाडौं । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग फेरि उठेको छ। २०७४ सालदेखि नै पटक–पटक प्रतिवेदन सार्वजनिक गर्न आवाज उठ्दै आए पनि हालसम्म त्यसले पूर्णता पाउन सकेको छैन। राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।

    २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग अर्थात् लाल आयोगले मधेस आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघन तथा हिंसाका घटनाबारे छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। लामो समयसम्म प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितले न्याय पाउन नसकेको भन्दै सरोकारवालाले सरकारमाथि दबाब दिँदै आएका छन्।

    प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला सूचना आयोगले समेत प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। तर, उक्त निर्देशन कार्यान्वयन गर्नुको सट्टा तत्कालीन सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर सर्वोच्च अदालतमा चुनौती दिएको तथ्य सार्वजनिक भएको थियो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको अभिलेखअनुसार, ६ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले सूचना आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा शेरबहादुर देउवा नेतृत्वको सरकारले यस्तो निर्णय गरेको थियो।

    मन्त्रिपरिषद्को निर्णयमा सूचना आयोगले ५ फागुन २०७८ मा लाल आयोगको प्रतिवेदन ६० दिनभित्र उपलब्ध गराउन दिएको आदेश बदर गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने उल्लेख गरिएको थियो। उक्त रिटसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन तत्कालीन मुख्यसचिवलाई अख्तियारी दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको थियो।

    यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा सरकार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तयार रहेको तर सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी गरेका थिए। तर, सरकारी अभिलेखमा रहेको मन्त्रिपरिषद्को निर्णय र त्यसपछिको कानुनी प्रक्रियाले भने प्रतिवेदन सार्वजनिक हुन नसक्नुमा सरकारकै निर्णयले समेत भूमिका खेलेको देखाएको थियो।

    लाल आयोगले २०७४ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। २०७२ सालमा संविधान जारी गर्ने क्रममा भएको मधेस आन्दोलनका बेला भएका मानवअधिकार उल्लंघन, हिंसा तथा राज्य पक्षबाट भएका दमनका घटनाको छानबिन गर्न आयोग गठन गरिएको थियो।

    पूर्वसर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा २०७३ असोज २ गते गठन भएको आयोगमा तत्कालीन उपन्यायाधिवक्ता सूर्य कोइराला, अधिवक्ता सुजन लोचन, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक नवराज ढकाल र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी सदस्य थिए। आयोगले मधेस आन्दोलनसँग सम्बन्धित ३ हजार २६४ वटा उजुरीमाथि अध्ययन गरेको थियो।

    आयोगले बेथरी, रंगेली, टीकापुरलगायत आन्दोलन प्रभावित विभिन्न स्थानमा पुगेर स्थलगत अध्ययन तथा छानबिन गरेको थियो। टीकापुर घटनामा आठ प्रहरी र एक बालकको मृत्यु भएको घटनासँग जोडिएको नागरिक उन्मुक्ति पार्टीसहित मधेस केन्द्रित राजनीतिक दलहरूले समेत लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन्।

    मधेस आन्दोलनका क्रममा प्रदर्शनकारी तथा सर्वसाधारणमाथि राज्य पक्षबाट बल प्रयोग भएको र सुरक्षाकर्मीबाट मानवअधिकार उल्लंघनका घटना भएको आरोपसमेत लाग्दै आएको थियो। प्रदर्शनकारीमाथि कानुनी कारबाही भए पनि सुरक्षाकर्मीबाट भएका भनिएका ज्यादती र गैरकानुनी बल प्रयोगका घटनामा जिम्मेवारी निर्धारण नभएको भन्दै प्रश्न उठ्दै आएको छ।

    सूचना आयोगकी पूर्वआयुक्त तथा वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले भने सरकारलाई सूचना आयोगको निर्णयविरुद्ध रिट क्षेत्राधिकार प्रयोग गर्ने अधिकार नरहेको बताएकी थिइन्। उनका अनुसार रिट क्षेत्राधिकार नागरिकको हक स्थापित गर्न प्रयोग हुने भएकाले सरकारले आयोगको निर्णयलाई चुनौती दिन त्यसको प्रयोग गर्न नमिल्ने तर्क थियो।

    उनले सूचना आयोगले सूचना उपलब्ध गराउन निर्देशन दिएपछि त्यसविरुद्ध प्रश्न उठाउने वा पुनरावलोकनका लागि निवेदन दिने कानुनी व्यवस्था नरहेको बताएकी थिइन्। आयोगको निर्देशन कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको उल्लेख गर्दै उनले सरकार आफैंलाई खबरदारी गर्ने निकायविरुद्ध अदालत जानु विडम्बनापूर्ण भएको टिप्पणी गरेकी थिइन्।

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा विगतका सरकारबाट समेत प्रभावकारी निर्णय हुन नसकेको भन्दै यसअघिको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुनेमा जोड दिइएको छ। अब प्रतिवेदन सार्वजनिक गर्ने विषय राजनीतिक प्रतिबद्धतामा मात्र सीमित नराखी कार्यान्वयनमा लैजानुपर्ने माग गरिएको छ।

    लामो समयदेखि सार्वजनिक हुन नसकेको प्रतिवेदनका कारण घटनाको सत्यतथ्य, जिम्मेवार पक्ष र पीडितले पाउनुपर्ने न्यायबारे प्रश्न कायमै रहेको छ। त्यसैले नागरिकको सत्यतथ्य जान्ने अधिकार र पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्न सरकारले थप ढिलाइ नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
    ३१ मिनेट अघि

  • २

    निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान
    २ घण्टा अघि

  • ३

    निजी सवारीका लागि आजदेखि नागढुंगा सुरुङमार्ग खुला
    ३ घण्टा अघि

  • ४

    दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश
    ३ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै
    ४ घण्टा अघि

  • ६

    मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप
    ४ घण्टा अघि

  • ७

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
    ४ घण्टा अघि

  • ८

    मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप
    ४ घण्टा अघि

  • ९

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती
    ५ घण्टा अघि

  • १०

    भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा
    ६

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution