
काठमाडौं । बाढीका कारण १८ दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ। भदौ १४ गते त्रिशूली नदीले सडकको करिब १०० मिटर भाग बगाएपछि सडक पूर्ण रूपमा भासिएको थियो।
सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको डाँडा काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो। आवश्यक उपकरण, जनशक्ति र स्रोतसाधन परिचालन गरी बुधबार साँझसम्म काम पूरा गरिएको नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालले जानकारी दिए।
नयाँ ट्र्याक बनेपछि दुईतर्फी यातायात नियमित भएको छ। यसअघि रोकिएका सवारीलाई सीमित रूपमा सञ्चालन गराइएको थियो। कृष्णभिर खुलेसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रोकिएको यातायात पनि आजदेखि सञ्चालनमा आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे