
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतमा एक वर्षभित्र तीन पटक आगलागी भएको घटनाबारे प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा उनले सर्वोच्च अदालतमा पटक–पटक आगलागी हुनु सामान्य संयोग मात्रै हो कि यसको पछाडि कुनै आपराधिक षड्यन्त्र छ भन्ने आशंका व्यक्त गरेका छन्।
बस्नेतले आगलागीका कारण अदालतका महत्वपूर्ण कागजात, अभिलेख वा प्रमाण नष्ट गरेर दोषीलाई जोगाउने प्रयास भएको हुन सक्ने प्रश्न पनि गरेका छन्।
उनले घटनाबारे निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी वास्तविकता जनतासामु ल्याउन माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे