
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाका विजेताको नाम सार्वजनिक गरेको छ।
भदौ महिनामा ३३ जना विजेता छनोट भएका छन्। त्यसमध्ये ३१ जनाले १ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् भने २ जनाले बम्पर उपहार जितेका छन्।
यसअघि भोटेकोसीमा आएको बाढीका कारण भदौ १६ गते गर्ने भनिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो। अहिले मन्त्रालयले उक्त महिनाको नतिजा सार्वजनिक गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे