
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुला दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य व्यक्ति छनोट गरी मनोनयनका लागि सिफारिस गर्ने उद्देश्यले आवेदन मागेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी असोज ७ गते बुधबारसम्म कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त बुझाउन सक्नेछन्।
मन्त्रालयले तोकेको योग्यता तथा आवश्यक प्रक्रिया पूरा गरेका व्यक्तिले निर्धारित समयभित्र आवेदन दिन सक्ने जनाइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे