• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१३ मिनेट अघि
२

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

३४ मिनेट अघि
३

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ घण्टा अघि
४

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ घण्टा अघि
५

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

२ घण्टा अघि
६

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

३ घण्टा अघि
७

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

३ घण्टा अघि
८

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

४ घण्टा अघि
९

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

४ घण्टा अघि
१०

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

२२ घण्टा अघि
११

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

२२ घण्टा अघि
१२

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ ११, शनिबार (४ साल अघि)

नेकपा एसमा पेचिलो बन्दै मन्त्री हेरफेर, दबाबमा अध्यक्ष नेपाल

  • 4,110 Views
  • नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन्। पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घेराबन्दीमा उनी परेका हुन्। नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्वमा १० सांसदले संसदीय दलको बैठक माग गर्नु र माओवादी अध्यक्ष दाहालले तत्कालै मन्त्रिपरिषद् हेरफेरमा अवरोध गर्नुले अध्यक्ष नेपाल चर्को दबाबमा परेको नेताहरूले बताएका छन्।

    पोलिटब्युरोको शुक्रबार सम्पन्न बैठकमा अध्यक्ष नेपालले आफ्नै साथीहरू, पार्टीबाहिरका केही साथी तथा सत्ता गठबन्धनकै सहयात्री दलहरूको असहयोगका कारण मन्त्री हेरफेर हुन नसकेको बताएका थिए। ‘विद्रोहबाट आएका कारण सबै साथीको मर्ममा ठेस पुग्नुहुन्न भन्ने पार्टीको चाहना छ तर सरकारमा रहेका केही साथीले आन्तरिक र बाह्य शक्तिलाई बढी नै दुरुपयोग गर्नुभयो। यो राम्रो कुरा भएन,’ अध्यक्ष नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

    सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता गर्न नसक्दा अध्यक्ष नेपाल नैतिक संकटमा परेका छन्। ओली सरकारलाई हटाउनदेखि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दै पाँच दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अध्यक्ष नेपाल आफ्नै पार्टीले सरकारमा पठाएका मन्त्री र गठबन्धनको सहयात्री दल माओवादी केन्द्रका कारण नैतिक संकटमा परेका हुन्। नेकपा एसका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा माओवादीले आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाउन दबाब झेल्नुपर्ने आकलन गरेपछि एकप्रकारको अवरोध सिर्जना गरेको नेकपा एसका नेताहरूको बुझाइ छ। सोही कारणले नेकपा एसको निर्णय कार्यान्वयन अवरुद्ध बन्न पुगेको विश्लेषण गरिएको छ। ‘हाम्रो पार्टीको निर्णयमा माओवादी अध्यक्ष दाहालको अवरोध देखियो, यसले गर्दा हामीले गठबन्धनमा सहभागी भइरहनुपर्छ भन्ने बाध्यता छैन,’ नेकपा एसका सांसद एवं प्रस्तावित मन्त्री मेटमणि चौधरीले भने। उनका अनुसार पार्टीभित्र पनि केही नेताले पार्टीको निर्णय कार्यान्वयनमा अवरोध र असहयोग गरेका छन्।

    पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले आफ्ना बाध्यताहरूबारे सविस्तार व्याख्या गरेका थिए। त्यसक्रममा मन्त्रीहरू विरोध खतिवडा र प्रेम आलेले चाँडै नै मन्त्रीबाट बिदा हुने प्रतिबद्धता जनाएका थिए। मन्त्री किसान श्रेष्ठले पनि पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताएका थिए। बिहीबार साँझ १० जना सांसदको हस्ताक्षरसहित संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपाललाई पत्र लेखेका मन्त्रीहरू पोलिटब्युरो बैठकमा भने केही नरम बनेका थिए।

    पार्टीको निर्णय कार्यान्वयन नहुँदा पछिल्लो समय अध्यक्ष नेपालले नेतृत्व गरेको नेकपा एसभित्र अनुशासनको दायरा उल्लंघन भएको चर्चा चलेको छ। पार्टीका मन्त्री हेरफेरको निर्णयले पार्टीमा मात्रै नभएर सत्ता गठबन्धन नै हल्लिने सम्भावना भएका कारण नेकपा एसका मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले आलटाल गरेर अध्यक्ष नेपालको निर्णयलाई ‘पेन्डुलम’ बनाउन खोजेको विषय पोलिटब्युरो बैठकमा उठेको थियो।

    ‘पार्टीको निर्णय कार्यान्वयन नगरी अध्यक्ष नेपाललाई निरीह बनाउन खोजेको देखियो,’ पोलिटब्युरो बैठकमा सहभागी एक नेताले भने। ती नेताका अनुसार नीति, विचार र सिद्धान्तको चर्को वकालत गर्ने अध्यक्ष नेपाल आफ्नै पार्टीमा पछिल्लो समय मौलाएको अराजकतालाई समेत टुलुटुलु हेर्ने बाध्य छन्। बिहीबार राति चार मन्त्रीसहित १० सांसदले नेता नेपालमाथि आठ प्रश्न उठाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेपछि अध्यक्ष नेपाल थप तनावमा परेका थिए।

    उनीहरूले मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको आरोप लगाएका छन्। उनीहरूले अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठन सही र स्वाभाविक मान्न नसकिने दाबी गरेका छन्। आठबुँदे ध्यानाकर्षणपत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए। उनीहरूलाई अन्य ६ सांसदले समेत समर्थन जनाएर हस्ताक्षर गरेका छन्। जसमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन्। उनीहरूले नेता नेपाललाई बुझाएको ध्यानाकर्षणपत्रमा नयाँ मन्त्रीको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तका आधारमा पठाउनुपर्ने माग पनि गरेका छन्।

    पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारमा सहभागी मन्त्रीहरूलाई अलि कडा ढंगले बाहिरिन आग्रह गरेको स्रोतको दाबी छ। नेपालले मात्र होइन, अन्य नेताहरूले पनि सो विषयमा कडा टिप्पणी गरेको स्रोतले जनाएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा सहभागी पुराना साथीहरू फिर्ता हुने र नयाँ साथीहरू सहभागी हुने जानकारी गराएका थिए। ‘पहिले हामीले गरेको निर्णय पनि अपरिपक्व जस्तै भयो, किनभने बजेटको छलफल भइरहेको थियो, सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले सांसदहरूको प्रश्नको जबाफ दिनुपर्ने हुन्छ। अहिले त्यो कार्यक्रम सकियो, अब नयाँ साथीहरू जानुहुनेछ,’ मुख्यमन्त्री पाण्डेले भने।

    गत जेठ २१ गते बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो। सचिवालय बैठकको यस्तो निर्णयप्रति असन्तुष्ट मन्त्रीहरूले अध्यक्ष नेपालबाट निर्णय फिर्ता गराउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहाललाई भेटेर औपचारिक/अनौपचारिक रूपमा दबाब दिएका थिए। तर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल सचिवालय बैठकको निर्णयबाट पछि नहट्ने संकेत देखेपछि उनीहरूले १० जनाको हस्ताक्षरसहित संसदीय दलको बैठक माग गरेका हुन्।

    नेकपा एसले मन्त्री फेर्ने निर्णय सार्वजनिक गरेसँगै अन्य पार्टीमा पनि शीर्ष नेतालाई मन्त्री फेर्न स्वाभाविक दबाब बढेको थियो। उक्त दबाब प्रधानमन्त्री देउवादेखि माओवादी अध्यक्ष दाहालसम्मले झेलेको दाबी गरिन्छ। तर अन्य दलमा जे भए पनि नेकपा एसभित्र निर्णय कार्यान्वयन नभएको भन्दै निरन्तर दबाब बढिरहेको थियो। एकातिर त्यस्तो दबाब अर्कातिर बिहीबार राति संसदीय दलको बैठक बोलाउन ध्यानाकर्षण गराइएपछि अध्यक्ष नेपाललाई निकै तनाव भएको थियो।

    बिहीबार बसेको नेकपा एसको सचिवालय बैठकले मन्त्री हेरफेर दिनमा नभएर घन्टामा हुने र त्यसका लागि अध्यक्ष नेपालले अग्रसरता लिने निर्णय गरेको थियो। तर त्यो निर्णय पनि कार्यान्वयनमा नआएपछि पोलिटब्युरो बैठकमा नेताहरूले सरकारमा सहभागी मन्त्रीहरूको चर्को आलोचना गरेका थिए। दबाब बढ्दै गएपछि बिहीबार देउवा र दाहाललाई भेटेको केहीबेरमै अध्यक्ष नेपालले केन्द्रीय सचिवालय बैठक बोलाएका थिए।यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १३ मिनेट अघि

  • २

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    ३४ मिनेट अघि

  • ३

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ घण्टा अघि

  • ४

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ घण्टा अघि

  • ५

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    २ घण्टा अघि

  • ६

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    ३ घण्टा अघि

  • ७

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    ३ घण्टा अघि

  • ८

    त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर
    ४ घण्टा अघि

  • ९

    त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार
    ४ घण्टा अघि

  • १०

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution