• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१३ मिनेट अघि
२

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

३४ मिनेट अघि
३

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ घण्टा अघि
४

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ घण्टा अघि
५

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

२ घण्टा अघि
६

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

३ घण्टा अघि
७

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

३ घण्टा अघि
८

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

४ घण्टा अघि
९

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

४ घण्टा अघि
१०

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

२२ घण्टा अघि
११

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

२२ घण्टा अघि
१२

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ १२, आईतबार (४ साल अघि)

स्वतन्त्र हैसियतको स्वतन्त्रता

  • 4,594 Views
  • नेपालमा स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ । राजनीतिमा होमिएका र होमिने रहर गरेका कतिपय व्यक्ति राजनीति बुझेर यसतर्फ प्रविष्ट भएका छन् भने कतिपय बालेन र हर्कहरूको सफलता देखेर त्यसै हौसिएका हुनसक्छन् । राजनीतिमा अहिलेसम्म कुनै योगदान नगरेका, राजनीति नबुझेका या जनताका काममा सिन्को नभाँचेकाहरू पनि राजनीतिमा ह्वात्तै आउने प्रयासमा छन् ।

    नेपाली कांग्रेसको नेतृत्वमा पटकपटक भएका लोकतान्त्रिक आन्दोलनले नेपाली जनतालाई प्रशस्तै अधिकार दिलाएको छ । कुनै आन्दोलनमा कांग्रेससँग नेपालका मूलधारका कम्युनिस्ट दल मिसिए होलान्, कुनैमा कांग्रेस एक्लै लड्यो होला तर पनि प्राप्त अधिकारमा तिनै कांग्रेस र आन्दोलनमा सहभागी कम्युनिस्ट पार्टीको योगदान छ ।

    यसैका कारण जनताको जीवनस्तर पनि पञ्चायत कालपछिका दिनमा निकै फेरिएको छ । विकासका लहरले कत्ति पनि नछोएको भन्न किमार्थ मिल्दैन । यद्यपि केही दलका क्रियाकलाप र केही नेताका विसङ्गतिपूर्ण क्रियाकलापले नेपालको गणतन्त्र र लोकतन्त्रमाथि प्रश्न उठ्ने गरेका छन् । तिनै प्रश्नमाथि टेकेर कहिले लोकतन्त्रविरोधीले टाउको उठाउने गरेका छन् भने कतिपय अवस्थामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेर दललाई सवक सिकाएका छन् ।

    भारतमा अरविन्द केजरीवालले पुराना दलभन्दा बाहिरैबाट निर्वाचन जितेर दिल्लीमा गरेका सुधार देखेका केही चर्चित युवालाई निर्वाचनमा होमिने रहर पलाएको देखिन्छ । अझ त्यसमाथि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगर, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले पुराना र ठूला भनिएका दलका उम्मेदवारलाई पछाडि पारेपछि कतिपय युवामा स्वतन्त्र उम्मेदवार हुने हुटहुटी पलाएको पाइन्छ । केजरीवाल अन्ना हजारे वर्षौंदेखिको सुधारवादी आन्दोलनसँग जोडिएका कारण विजयी भएका हुन् भन्नेतर्फ ध्यान दिएजस्तो लाग्दैन । पुराना दलको विरोध गरेरै निर्वाचनमा विजय हासिल गर्न सकिन्छ भन्ने धारणाले स्थान जमाएजस्तो देखिएको छ ।

    काठमाडौँ महानगरमा विजय हासिल गर्न पाँच वर्ष अघिदेखि बालेन शाहले के कस्ता रणनीति अपनाए ? गीतमार्फतै भए पनि आफ्नो लोकप्रियतालाई राजनीतिमा कसरी प्रवेश गराए ? धरानका हर्क साम्पाङ्गले कति वर्ष अघिदेखि समाजसेवामा हात हालेको थिए ? कति घरका बिग्रेका धारा बनाए ? कति घरका सडकको सम्भार गरे ? धनगढीका गोपाल हमालले राजनीतिका माध्यमबाट के कस्तो समाजसेवा गर्दै आएका थिए जस्ता विषय अध्ययन नगरी कुनै एक पेसामा चर्चा कमाएकै भरमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्नेहरू धमाधम देखिनु आश्चर्यजनक विषय हो ।

    दलहरूले केही गरेनन् । मुलुकलाई ध्वस्त बनाए । आफू, आफ्ना कार्यकर्ता र पार्टीको स्वार्थमा मात्रै देशको सम्पत्ति प्रयोग गरे । नेताहरू दिन दुई गुना रात चौगुना सम्पत्ति जोर्न सफल भए । जनताको अवस्था फेरिएन । महँगीले जनताको ढाड सेकेको छ । जनतालाई हेर्ने कोही छैन । यी र यस्तै आरोप लगाएर लोकप्रियता हासिल गर्ने र आगामी प्रदेश र सङ्घको निर्वाचनमा जित्ने दाउमा स्वतन्त्र उम्मेदवार बन्ने रहर गरेकाहरूका छन् ।

    स्वतन्त्र उम्मेदवार हुन्छु भन्नेहरूलाई यति भन्ने स्वतन्त्रता कसले दिलायो ? नागरिकलाई नेताको विरोध गर्ने अधिकार प्राप्तिका लागि सङ्घर्ष कसले ग¥यो ? निर्वाचनमा स्वतन्त्रका हैसियतले उम्मेदवारी दिने हक दिलाउन कसले सङ्घर्ष ग¥यो ? यी आदि जस्ता विषय ओझेलमा पारेर दलको एकोहोरो दोहोलो काढेर निर्वाचनमा होमिने प्रयास गरियो भने त्यो दलमाथिको अन्याय नै हुनेछ ।

    पञ्चायतकालमा पञ्चायतअन्तर्गतको कुनै न कुनै वर्गीय सङ्गठनको सदस्य नभई चुनावमा उम्मेदवार नै बन्न पाइँदैनथ्यो । स्वतन्त्र उम्मेदवारलाई आज यति बोल्दै उम्मेदवारी दिने हक त गाली खाएका तिनै दलले नै दिलाएका होइनन् र ? विवेकशील नागरिकले एक पटक सोच्नैपर्छ ।

    स्वतन्त्र उम्मेदवार हुने कि कुनै दलको सदस्यता लिई उम्मेदवार बन्ने ? एक्लै लड्ने कि समूह बनाएर लड्ने ? निर्वाचन जितेपछिका कामका योजना बनाएर ती योजनालाई मतदातासामु प्रस्तुत गरेर लोकप्रियता हासिल गर्दै रिझाएर विजय हासिल गर्ने कि अरूका कमजोरी देखाएर तिनै कमजोरीको फाइदा लिई निर्वाचन जित्ने योजना बनाउने ? सबै विषयमा नेपाली नागरिक स्वतन्त्र छन् । यो स्वतन्त्रता अहिले गाली खाइरहेकै दलका सङ्घर्षका प्रतिफल हुन् भन्ने कुरा पनि बिर्सन हुँदैन । दलका कमजोरीमाथिको प्रहारबाट मात्रै भन्दा काम र योजनासहित स्वतन्त्र उम्मेदवारी दिएर प्रस्तुत हुने हो भने स्वागतयोग्य विषय हुनेछ ।

    एउटा किसानले सबैभन्दा पहिला ब्याड तयार गर्दछ । ब्याड खनजोत र मलिलो बनाएपछि बीउ राख्छ । बीउ उम्रेपछि गोडमेल गर्दछ । पानी पट्याउने, मल हाल्ने, स्याहार सम्भार गर्ने आदि काम गरेर कुनै फल दुई चार महिनामा तयार पार्दछ भने कुनै फल उपभोक्ताको मुखसम्म पु¥याउन वर्षौं लगाउँछ । फल खाँदा कुनै अमिलो पर्न सक्छ भने कुनै गुलियो पर्दछ । अमिलो फल आफ्नो भागमा प¥यो भनेर किसानलाई सत्तोसराप गरेर बस्नु मात्रै बुद्धिमत्ता ठहर्दैन । अमिलो र गुलियो फल छुट्याएर खानेसम्म आफ्नो ढङ्ग छैन भने मेहनत गरेर फल चाख्न दिएकालाई गाली गर्ने अधिकार पनि राख्न हुँदैन ।

    भारतमा चलचित्रकर्मी धमाधम सांसद भएको देखेपछि यहाँका कलाकारलाई पनि लोभ नपलाएको होइन । विगतमा कतिपय कलाकार चुनावमा सहभागी भएकै हुन् । स्वतन्त्र रूपमा लडेकाको त बिजोग नै भएको थियो । त्यसैले पार्टीगत राजनीतिबाट अघि बढ्ने उद्देश्यले विभिन्न पार्टीमा आबद्ध भएकामध्ये केहीको चाहना पूरा भएको पाइएको छ भने केही प्रतीक्षा सूचीमै बसिरहेका छन् । कलाकारितामा नाम कमाउँदैमा राजनीतिमा सफल भइहालिन्छ भन्ने प्रमाणित हुन सकेको छैन । ठीक त्यस्तै अन्य पेसामा चर्चित भए पनि राजनीतिमा के हुन्छ, यसै भन्न सकिन्न ।

    हेर्दा राजनीति सरल देखिन्छ । जनताका मनका कुरा बोलिदियो, बस् पुग्यो । बिहानदेखि बेलुकासम्म बैठक, सभा र कार्यक्रममा सहभागी भयो, पुग्यो तर यसभित्रका अन्तर्यका विषय त्यति सजिला छैनन् । नेताहरूका बाहिरी स्वरूप देखेर नेता बन्ने रहर पलाउनु अस्वाभाविक नहोला तर उनीहरूले गरेका कष्टका व्यथाका बारेमा पनि ज्ञान राख्नैपर्छ ।

    सच्चा नेताले आफ्नो छोराछोरी भोको नाङ्गो रहेको छ कि उसका आवश्यकता पूरा भएका छ-छैनन्, हेर्नै पाउँदैन र भ्याउँदैन तर अरूका परिवारका विषयमा चासो लिएर हिँडिरहेको हुन्छ । समाजको भोक टार्न दिनरात मेहनत गरेर मान्छे नेता बन्छ तर उसकी श्रीमती के खाउँ र के गरौँ भनेर छटपटाइरहेकोसम्म हुन सक्छिन् । भाषण र मञ्चमा रमाएको नेता दिनभर केही खान नपाएको पनि हुनसक्छ ।

    योभन्दा फरक केही नेता नदेखिएका होइनन् । नेता हुन सर्वथा नालायक सरकारी पदमा पदासीन नभएका पनि होइनन् । आचरणले, व्यवहारले, बोलीले वा कुनै पनि कुराले मन्त्री हुन लायकै नभएका पनि धनका बलमा विगतदेखि आजसम्म मन्त्री नभएका पनि होइनन् । यस्तै उदाहरणले गर्दा दलहरूले पाएको ख्याति पनि गुमाउँदै गएको अवस्था छ ।

    यस्तै केही ससाना विषयले गर्दा लोकतन्त्रविरोधीले खेल खेल्ने ठाउँ पाएका छन् । सच्चिनुपर्ने ठाउँमा दलहरू सच्चिनै पर्छ । नसच्चिएका ठाउँमा स्वतन्त्रलाई जिताएर दललाई पाठ पढाउने काम जनताले गरेकै छन् र आगामी दिनमा पनि गर्नेछन् ।दलका नेता स्वतन्त्र जस्ता हुँदै गएका छन् । पार्टीको सिद्धान्त र आदर्शलाई अङ्गीकार गरेर पार्टीमा सक्रिय हुने गरेकाको सङ्ख्या घट्दै गएको छ ।

    अन्य पेसामार्फत धन कमाएकाले पार्टीको सदस्यता लिने र पैसाकै बलमा अवसरको उपयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । जसरी तसरी सांसद बन्ने र मन्त्री हुनका लागि बल प्रयोग गर्ने अनि मन्त्री नपाए तुरुन्तै दल बदल गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । मलाई मन्त्री दिँदैनौ भने देखाइदिन्छु भन्दै पार्टी नेतालाई धम्क्याउनेहरू थपिँदैछन् । यसरी पार्टीका सदस्य स्वार्थपूर्तिका लागि स्वतन्त्रजस्ता बन्दै गएका छन् भने स्वतन्त्र पेसामा रहेका पार्टी खोलेर दलगत बन्दैछन्, कोही स्वतन्त्र उम्मेदवार भएरै चुनाव जित्ने योजना बुन्दैछन् ।

    चुनाव जितेर कर्मचारीलाई आदेश दिन्छु । कर्मचारीले काम गर्छन् । दिन्दिनै नागरिकका समस्याका बारेमा मात्रै बोल्छु । मेरो आदेश मानेनन् भने कारबाही गर्छु । म वाहवाही बटुल्छु जस्ता सपना बोकेर मात्रै कोही स्वतन्त्र उम्मेदवार हुन्छु भन्ने सोच राखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । नेता हुन मनैदेखि समाजसेवाको भावना भएको व्यक्ति हुनैपर्छ । आफ्ना समस्या थाती राखेर नागरिकका समस्यामा केन्द्रित हुने अठोट बोकेको व्यक्ति मात्र सही नेता बन्न सक्छ ।

    देखिएका र चुनाव लड्छु भनेका स्वतन्त्र उम्मेदवारको पनि कसैको कुनै पार्टीसँग आबद्धता छ भने कसैले नयाँ पार्टी खोलेका छन् । कोही स्वतन्त्र भए पनि उनीहरूले लोकतन्त्र समाप्त पार्न प्रयास गर्नेहरूसँग भित्री साँठगाँठ गरेका पनि छन् । जति पनि स्वतन्त्र उम्मेदवार बन्छु भनेकाहरू छन्, ती सबै खराब नेता चुनाव लड्ने ठाउँमा लड्छु भनेका छैनन् कि निर्धो र इमानदार नेता जसले फोहोरी खेल खेल्दैन, उसकै विपक्षमा उभिएलान् जस्तो देखिनुले भने कसैलाई कुनै उत्साह थपेको पाइँदैन । स्वतन्त्र हुनु अधिकारको कुरा हो तर बालेनहरूले घोडा चढे भनेर धुरी चढ्ने महìवाकाङ्क्षा चाहिँ कसैले नराखून् ।यो समाचार आजको गोरखापत्र दैनिक छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १३ मिनेट अघि

  • २

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    ३४ मिनेट अघि

  • ३

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ घण्टा अघि

  • ४

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ घण्टा अघि

  • ५

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    २ घण्टा अघि

  • ६

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    ३ घण्टा अघि

  • ७

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    ३ घण्टा अघि

  • ८

    त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर
    ४ घण्टा अघि

  • ९

    त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार
    ४ घण्टा अघि

  • १०

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution