
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो १२ बजे पुँजी बजार, शेयर कारोबार र बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग विशेष बैठक गर्दैछन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यस छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्स्चेन्ज (नेप्से), स्टक ब्रोकर एशोसिएशन, बीमा कम्पनी तथा अन्य सम्बन्धित संस्थाका प्रमुखहरू सहभागी हुनेछन्।
साथै, शेयर बजारका जानकार तथा सरोकारवाला व्यक्तिहरू पनि बैठकमा उपस्थित रहनेछन्। छलफलमा हालको शेयर बजारको अवस्था, लगानीकर्ताको विश्वास बढाउने उपाय, धितोपत्र र बीमा क्षेत्रलाई अझ प्रभावकारी बनाउने विषय तथा आवश्यक नीतिगत सुधारबारे विचार आदानप्रदान हुनेछ। यससँगै अर्थतन्त्रलाई चलायमान बनाउन पुँजी बजारले खेल्न सक्ने भूमिका र सुधारका सम्भावित उपायबारे पनि सहभागीहरूले आफ्ना सुझाव प्रस्तुत गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे