
काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला आवेदन माग गरिएको छ। अघिल्ला सीईओ चूडामणि चापागाईंले राजीनामा दिएपछि यो पद खाली भएको हो। इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयमा आवेदन दिन सक्नेछन्। आवेदन दिन अर्थशास्त्र, व्यवस्थापन, वित्त, वाणिज्य, सूचना प्रविधि वा कानुन विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तीर्ण गरेको हुनुपर्छ।
साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव, त्यसमध्ये ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्नेछ। उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। आवेदनसँगै नेप्सेको विकासका लागि आफ्नो व्यावसायिक कार्ययोजना तीन प्रति खामबन्दी गरी पेस गर्नुपर्नेछ। छनोट प्रक्रिया सरकारले तोकेको मापदण्ड र कार्यविधिअनुसार हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे