
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले तराई–मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ।
भेटमा मधेस प्रदेशका अहिलेका समस्या, विकास निर्माणका काम र स्थानीय नागरिकको दैनिक जीवनसँग सम्बन्धित विषयमा छलफल भएको छ। सांसदहरूले आफ्नो क्षेत्रका मुख्य समस्या र आगामी दिनमा गर्नुपर्ने योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, यो छलफल अझै जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे