
काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका १० आरोहीमध्ये ४ जनाको शव फेला परेको छ। विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक आरोहण गर्ने क्रममा बिहीबार बिहान करिब ९:२० बजे ठूलो हिमपहिरो गएको थियो। त्यस समयमा नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही शिखरतर्फ जाँदै थिए।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार बेपत्ता टोलीमा पाँच नेपालीसहित पाकिस्तान, अमेरिका, चीन, ओमान र अन्य देशका आरोही रहेका छन्। उद्धारका लागि पाकिस्तानी सेना र सम्बन्धित निकायले प्रयास गरिरहेका छन्। मौसमले साथ दिए हेलिकोप्टरमार्फत थप खोज तथा उद्धार अभियान सञ्चालन गरिनेछ।
हिमपहिरो गएको लामो समयपछि मात्र घटनाबारे जानकारी बाहिर आएको भन्दै उद्धारमा ढिलाइ भएको विषय पनि उठेको छ। ट्र्याकिङ उपकरणले केही आरोहीहरू सयौँ मिटर तल खसेको संकेत देखाएको छ। निर्मल पुर्जा अक्सिजनबिना विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल दुईपटक आरोहण गर्ने लक्ष्यसहित ब्रड पिक पुगेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे