
राजविराज । सप्तरीको राजविराज नगर क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको छ। प्रशासनका अनुसार शुक्रबार बिहान ८ बजेदेखि कर्फ्यु लागू भएको हो। कर्फ्यु राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा जमुनी थलही, उत्तरमा बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रमा लागू हुनेछ।
पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आन्दोलन वा अन्य गतिविधिका कारण कुनै अप्रिय घटना हुन सक्ने सम्भावना देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो कदम चालिएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी गरिएको यो कर्फ्यु अर्को सूचना नआउँदासम्म कायम रहनेछ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे