
सर्लाही । जिल्लाको सुरक्षा अवस्था ध्यानमा राख्दै सर्लाही प्रशासनले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुका लागि परिचयपत्र अनिवार्य गरेको छ। अब छिमेकी मुलुकबाट आउने सबैले आधिकारिक परिचय खुल्ने कागजात देखाएपछि मात्रै नेपाल प्रवेश गर्न पाउनेछन्। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो। प्रशासनले विभिन्न धर्मका अगुवासँग छलफल गर्दै जिल्लामा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न आग्रह गरेको छ। धार्मिक जुलुस, सभा वा सार्वजनिक कार्यक्रम गर्नुअघि प्रशासनलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। प्रहरीले जिल्लाको अवस्था सामान्य रहेको जनाएको छ। प्रशासनले सबैलाई अफवाहबाट टाढा रहन र सामाजिक एकता कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे