
धनुषा । सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट गरेको छ। प्रहरीका अनुसार मृतक करिब ४० वर्षीय बन्ठु राउत कडेरी हुन्। उनी मन्दिरका पुजारी नभई विभिन्न ठाउँमा काम गर्दै हिँड्ने र बेलाबेला मन्दिर परिसरमा आएर बस्ने तथा सुत्ने व्यक्ति थिए। घटनापछि तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना आपराधिक प्रकृतिको देखिएको र यसलाई धार्मिक विवादसँग जोडेर नहेर्न प्रहरीले आग्रह गरेको छ। साथै, अफवाह नफैलाउन, सामाजिक सद्भाव कायम राख्न र घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिने भन्दै अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे