
गण्डकी । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। असार २५ गतेदेखि स्थगित भएको बैठक पुनः सुरु हुन लागेको हो। आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले फिर्ता पठाएको औषधि र उद्योगका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धी विधेयकमाथि छलफल हुने सम्भावना छ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुखले विधेयक पुनर्विचार गर्न पठाएको सन्देश सभामा प्रस्तुत गरिनेछ। त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्। यसअघि प्रदेश सभाले पारित गरेको गाँजा खेतीसम्बन्धी विधेयक प्रदेश प्रमुखले पुनर्विचार आवश्यक रहेको भन्दै फिर्ता पठाएका थिए। अब प्रदेश सभाले उक्त विधेयकमाथि पुनः छलफल गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे