
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना क्षेत्रको आज निरीक्षण गर्नुहुने भएको छ। उहाँ स्थलमार्गबाट नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे जानकारी लिनुहुनेछ। विद्युत् नपुगेका ठाउँमा सोलारजस्ता वैकल्पिक ऊर्जाको व्यवस्था कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।
मन्त्री श्रेष्ठ नुवाकोटको त्रिशूलीस्थित बट्टार क्याम्पमा पुग्नुहुनेछ। त्यसपछि हेलिकप्टरबाट रसुवा गएर जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार, उद्धारका क्रममा देखिएका समस्या र भएको क्षतिको विवरणबारे जानकारी लिनुहुनेछ।
रसुवाबाट फर्किएपछि उहाँ नेपाली सेनाको एकीकृत उद्धार शिविरमा पुग्नुहुनेछ। त्यहाँ राहत र उद्धारको अवस्थाबारे बुझ्नुका साथै सुरुङमा फसेका कर्मचारीका परिवारसँग भेट गर्नुहुनेछ। साथै, नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग छलफल गरी आवश्यक निर्देशन दिनुहुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे