
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै प्रतियोगिताको राम्रो सुरुवात गरेको छ।
सोमबार मलेसियामा भएको खेलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि अर्जुन कुमालले ३६ रन बनाएर नटआउट रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे। रोहित पौडेलले पनि १९ रन बनाएर अविजित रहे।
यसअघि पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु कमजोर देखियो र ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।
अब नेपालले प्रतियोगिताको दोस्रो खेल बिहीबार आयोजक मलेसियासँग खेल्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे