
काठमाडौँ । रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा परी ९८७ जनाको मृत्यु भएको छ। २७९ जना घाइते भएका छन् भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। बाढीमा फसेका ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका टोली खोज तथा उद्धारमा खटिएका छन्। हेलिकोप्टरमार्फत विदेशी पर्यटकसहित प्रभावित नागरिकको पनि उद्धार गरिएको छ। प्रभावित परिवारलाई खाद्यान्न र आवश्यक राहत सामग्री वितरण भइरहेको छ। बाढीले सडक, सञ्चार, विद्युत् लगायतका संरचनामा क्षति पुर्याएको छ। सरकारले उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे