
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युतका संरचनामा क्षति पुर्याउँदा करिब १० प्रतिशत विद्युत प्रणालीबाट बाहिरिएको थियो। यसका कारण राष्ट्रिय प्रसारण लाइनमा केही दबाब परेको भए पनि विद्युत प्राधिकरणले आपूर्ति सन्तुलित राख्ने काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो।
जाडोमा विशेषगरी दुई महिनासम्म विद्युतको माग बढ्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न तयारी भइरहेको उहाँको भनाइ छ। जोखिम भएका प्रसारण लाइनको पहिचान र सम्भावित समस्या समाधानबारे पनि छलफल भइरहेको छ। नुवाकोटमा बाढीपछि २४ घण्टाभित्र विद्युत सेवा पुनः सञ्चालन गरिएको र रसुवामा पनि विद्युतीकरण गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो। आगामी सुख्खायामका लागि पनि प्राविधिक तयारी भइरहेको उहाँले बताउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे