
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारका कामकारबाहीप्रति व्यंग्य गर्दै आलोचना गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले आफूले देखेको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।
बास्कोटाले सरकारले भिजिट भिसा बन्द गरेको, एउटै मन्त्रीका लागि धेरै सल्लाहकार नियुक्त गरेको र महँगी घटेको दाबीप्रति व्यंग्य गरेका छन्। उनले लगानी बढेको भनिए पनि विदेशमा नेपालीको संख्या बढिरहेको भन्दै सरकारको प्रगतिमाथि प्रश्न गरेका छन्।
उनले सरकारको उपलब्धि कसरी मापन गर्ने भन्दै कटाक्षसमेत गरेका छन्। साथै, सरकारको विरोध गर्ने क्रममा सर्वसाधारणले भोग्नुपरेका समस्यालाई पनि व्यंग्यात्मक रूपमा उठाएका छन्।
बास्कोटाको यो अभिव्यक्ति सरकारको काम गर्ने शैली र उसले प्रस्तुत गरिरहेका उपलब्धिप्रति लक्षित रहेको देखिन्छ। उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे