
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भाव बिगार्ने र सर्वसाधारणमा डर तथा त्रास फैलाउने गतिविधि देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा अफवाह फैलाउने, भड्काउने अभिव्यक्ति दिने वा कानुनविपरीत काम गर्ने कार्य कसैका लागि पनि राम्रो नहुने बताए।
यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको भनाइ छ। आईजीपी कार्कीले अहिलेको संवेदनशील अवस्थामा सबैलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र एकअर्काको धर्म, संस्कृति तथा आस्थाको सम्मान गर्न आग्रह गरेका छन्। धर्म र संस्कार फरक भए पनि सबै नेपाली एउटै देशका नागरिक भएकाले आपसी सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सबैले जिम्मेवार बन्नुपर्ने उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे