
काठमाडौँ । सङ्घीय संसदअन्तर्गत बिहीबार पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास र महिला तथा सामाजिक विकास समितिको बैठक बस्नेछ।
बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा विभिन्न उपसमितिले तयार पारेका प्रतिवेदनमाथि छलफल हुनेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा सांसदहरूले राखेका संशोधनबारे छलफल गरिनेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। यसमा जैविक तथा प्राङ्गारिक मलको प्रयोग, माटोको स्वास्थ्य र दिगो कृषि विकासबारे छलफल हुनेछ।
पूर्वाधार विकास समितिले बिहान १० बजे खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गर्नेछ। महिला तथा सामाजिक विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ। त्यहाँ राष्ट्रिय दलित आयोगको काम र प्रगतिबारे छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे