
काठमाडौं । प्रहरीले नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ। साइबर अपराधसम्बन्धी आरोपमा प्रहरीले उनलाई बुधबार साउन २७ गते पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले धोबीघाटस्थित जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको थियो। कार्यालयबाट केही कम्प्युटर तथा अन्य सामग्री पनि प्रहरीले लगेको सम्बद्ध पत्रकारहरूले बताएका छन्।
श्रेष्ठलाई सुरुमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगिनेछ। त्यसपछि थप अनुसन्धानका लागि अदालतबाट अनुमति लिन उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा उपस्थित गराउने तयारी गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे